काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मंगलबार उत्साहपूर्वक सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरूको सक्रिय सहभागिता रहेको थियो। सो अवसरमा फाइनान्सका सबै शाखाहरूमा पनि कर्मचारी र बचतकर्ताको उपस्थितिमा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। कार्यक्रमले समृद्धि फाइनान्सले विगत २४ वर्षमा गरेको सेवा विस्तार, आर्थिक समावेशीकरण, समुदाय र सरोकारवालाको हितमा पुर्याएको योगदानलाई स्मरण गरेको फाइनान्सले जनाएको छ। हाल समृद्धि फाइनान्सले १३ वटा शाखामार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका नियमित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।