कपिलवस्तु, २५ कार्तिक । नेकपा (एमाले) का केन्द्रीय सदस्य बलाराम अधिकारीले प्रतिनिधि सभा पुनःस्थापनाको माग अहिलेको प्रमुख जनअभिव्यक्ति भएको बताएका छन्। विजयनगर गाउँ कमिटीले आयोजना गरेको जनजागरण सभामा सम्बोधन गर्दै उनले नेपालको स्वाधीनता र राष्ट्रिय स्वाभिमानमाथि विदेशी शक्तिहरू हावी हुन खोजिरहेको बताएका हुन् । देशको लोकतान्त्रिक प्रणाली कमजोर पार्ने र राष्ट्रिय हितविपरीत कदम चाल्ने खेल भइरहेको र त्यसका विरुद्ध सबै देशभक्त नेपाली एकजुट हुन जरुरी रहेको उनको भनाइ छ ।