काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौं उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमनी एण्ड स्किल इन्हान्समेन्ट’ कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोाल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौंमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो।