काठमाडौं । दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्ना सेवा, सुविधा, प्रक्रिया र व्यवसायिक साझेदारीमार्फत टेवा पुर्याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नयाँ निक्षेप योजना ‘ग्रिन सेभिङ्स डिपोजिट अकाउन्ट’ सार्वजनिक गरेको छ। “एक खाता, एक रुख” सिद्धान्तमा आधारित यो योजनाअन्तर्गत खोलिने हरेक खाताको बापत बैंकले आफ्नै तर्फबाट एक रुख रोप्नेछ। यसमार्फत प्रत्येक निक्षेपकर्ता वातावरण संरक्षण तथा प्रवर्द्धनमा अप्रत्यक्ष रूपमा सहभागी हुने अवसर पाउनेछन्।