प्रभु बैंकका प्रदेश प्रमुखले राजनीतिक पहुँचको आधारमा कर्जा माफी दिएर भाइलाई शाखा प्रमुख बनाएको आरोप

वीरगंज  – प्रभु बैंक (पूर्व सेन्चुरी कमर्सियल बैंक) का प्रदेश प्रमुखले पदको दुरुपयोग गर्दै तत्कालीन कुनै व्यक्तिको कर्जा स्वीकृतिमा अस्वाभाविक सहयोग गरेको तथा आफ्नै भाइलाई बैंकको अर्को शाखाको शाखा प्रबन्धक बनाउन राजनीतिक प्रभाव प्रयोग गरेको गम्भीर आरोप लगाउँदै वीरगञ्जका जेन-जी युवाहरूले आज पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भोला दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । यस्तै, कर्जा प्रकरणका प्रमुख लाभार्थीले कर्जा नतिर्ने मनसायले छोरासँग औपचारिक सम्बन्ध विच्छेद गरेको जानकारी पनि सार्वजनिक भएको छ ।