सिर्जना राई काठमाडौँ, २ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१र८२ भित्र उल्लेखनीय नीतिगत तथा संरचनात्मक सुधार र वैदेशिक रोजगार व्यवस्थापनमा केही प्रगति हासिल गरेको दाबी गरेको छ । यद्यपि, रोजगार सिर्जना, सामाजिक सुरक्षा पहुँच विस्तार र वैदेशिक रोजगारमा ठगी नियन्त्रण जस्ता क्षेत्रमा अझै सुधार आवश्यक देखिन्छ ।