‘बाबा सम्झेर टोलाइरहन्छन् छोराछोरी…’

मधु शाही काठमाडौँ, २५ कात्तिक । मसुरीको दाल, रायोको साग, र टमाटरको चटनीसहित अम्बिका विश्वकर्माले श्रीमान् सन्तोषका लागि खाना पस्किनुभयो । सन्तोष गहना पसलमा काम गर्नुहुन्थ्यो । बिहानको खाना खाएपछि गहना बनाउने कामका लागि जानुपर्ने सन्तोषको दैनिकी थियो । गत भदौ २३ गते भने सन्तोष सधैँ भन्दा अलि हतारमा देखिनुहुन्थ्यो ।