युद्धविराम नाटक भएको जेलेन्स्कीको कथन

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ‘युद्धविरामको नाटक’ गरेको टिप्पणी गरेका छन्। पुटिनले इस्टरलाई ध्यानमा राख्दै मस्को समयअनुसार शनिबार साँझ ६ बजेदेखि आइतबार मध्यरातिसम्मका लागि युद्धविराम घोषणा गरेका छन्। तर जेलेन्स्कीले रुसले युक्रेनका केही क्षेत्रमा अझै पनि सैन्य कारबाही जारी राखेको आरोप लगाएका हुन्।