काठमाडौं । दिगो विकासका लक्ष्यहरू हासिल गर्न वित्तीय क्षेत्रबाट टेवा पुर्याउने उद्देश्यका साथ कुमारी बैंकले नयाँ बचत योजना ‘ग्रीन सेभिङ्स डिपोजिट अकाउन्ट’ सार्वजनिक गरेको छ। “एक खाता, एक रुख” भन्ने अवधारणामा आधारित यो योजनाअन्तर्गत खोलिने प्रत्येक खाताको नाममा बैंकले एकवटा रुख रोप्नेछ।