आगजनी र लुटपाट गर्नेमाथि कारबाही होस्, युवा उद्यमशीलता विकास विशेष कार्यक्रम तत्काल शुरु गरौँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोड गर्नेमाथि कडाभन्दा कारबाही गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्दोलनका दोषीमाथि कारबाहीको माग गरेका हुन् ।