काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडका कारण निजी क्षेत्रको ८८ अर्ब बराबरको क्षति भएको बताएका छन् । शनिबार काठमाडौंमा महासंघद्वारा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आन्दोलनका दोषीमाथि कारबाहीको माग गरे ।