लक्ष्मी सनराइज क्यापिटलद्धारा १५.७९ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको १५औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न सभाले आ.व. २०८१-०८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, र नगद प्रवाह विवरणलगायतका प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि लेखा परिक्षकका रूपमा एन.बी.एस.एम. एण्ड एशोसिएट्सलाई निरन्तरता दिने निर्णय गरिएको छ।