काठमाडौं । बजाज चेतक नेपालले राजधानीमा ‘ओल्ड टु बोल्ड एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने घोषणा गरेको छ। आगामी कार्तिक २३ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने यो विशेष एक्सचेन्ज क्याम्प नक्सालस्थित बाइकर्स क्याफेमा हुनेछ। कार्यक्रमको उद्देश्य पुराना दुईपांग्रे सवारीधारकहरूलाई नयाँ पुस्ताको इलेक्ट्रिक स्कुटर चेतक ईभीमा अपग्रेड गर्न प्रोत्साहित गर्नु हो।