काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरूको सहज पहुँचका लागि नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले बाँकेको खजुरा र हिमाली जिल्ला मुगुको गमगढीमा नयाँ शाखा विस्तार गरेको हो। दुवै शाखाको उद्घाटन कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत फर्सुराम मरासिनीले गरेका हुन्। हाल सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशभरका १७५ शाखा कार्यालयमार्फत बीमितहरूलाई सेवा प्रदान गरिरहेको छ।