एनसेलका डेटा प्याक प्रयोगकर्ताका लागि मेटलाइफको बीमा सुविधा

काठमाडौं । एनसेलले मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बीमा’ नामक नवीन योजना सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत एनसेलका ग्राहकले मोबाइल डेटा खरिदसँगै जीवन बीमा र घातक रोगको बीमा सुविधा पनि पाउने छन्। नेपालमै पहिलोपटक सुरु गरिएको यस सेवाले बीमालाई सहज र डिजिटल माध्यमबाट आम उपभोक्तासम्म पुर्‍याउने लक्ष्य राखेको एनसेलले जनाएको छ।