काठमाडौँ, १७ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताउनुभएको छ । सोमबार अपरान्ह सामाजिक सञ्जालमार्फत् उहाँले मन्त्री पदबाट राजीनामा दिँदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभयो ।