काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्की र सङ्घीय संसद्का दुवै सदनका प्रमुखबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।