शहीद परिवार भन्छन्– हाम्रा साधारण माग समेत पूरा नगर्नु अन्याय हो, पन्ध्र दिनभित्र सरकारले सम्बोधन नगरे सडकमा जान्छौं 

काठमाडौं । जेनजी आन्दोलनका क्रममा छोरा गुमाएका गणेश चौलागाईंले सरकारले शहीद परिवारको माग तत्काल सम्बोधन नगरे सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । भदौ २३ गतेको आन्दोलनका क्रममा १९ वर्षका श्रीयम चौलागाईंलाई प्रहरीले चलाएको गोली टाउकोमा लागेको थियो ।