काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नवनियुक्त निर्मल ढकालले पद तथा गोपनीयताको शपथ लिइका छन् । सोमबार नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा ढकाललाई शपथ दिलाएका हुन् ।