नेपालमै पहिलोपटक इन्डस्ट्रियल ग्रेड इन्जिन आयल उत्पादन सुरु

 काठमाडाैं । नेपालको सबैभन्दा ठूलो लुब्रिकेन्ट उत्पादक कम्पनी, पूर्वाञ्चल ल्युब आयल (PLO)ले देशमै पहिलोपटक इन्डस्ट्रियल ग्रेड इन्जिन आयल उत्पादन सुरु गरेको छ। कम्पनीका प्रबन्ध निर्देशक भोलेश्वर दुलालका अनुसार, हालसम्म उद्योगहरुले यस्तो आयल भारत र तेस्रो मुलुकबाट आयात गर्दै आएका थिए। अब नेपालमै उत्पादन सुरु भएपछि उद्योगहरुले आवश्यक इन्जिन आयल सहज र किफायती मूल्यमा पाउने छन्।