थाई एसियाको भैरहवा–बैंकक उडान सुरू

रुपन्देही, ९ कात्तिक । थाई एसिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आजदेखि पुनःसुरू गरेको छ । आज बैंककबाट एयरबस ३२० विमानले १७ जना यात्रुसहित सवा १२ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । साथै भैरहवाबाट १६२ जना बोकेर विमान दिउँसो १ः१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो ।