क्षतिग्रस्त सिंहदरबारका भवनमा रङरोगन, जलेका रुखहरुले हाल्दै छन् पालुवा

प्रकाश सिलवाल काठमाडौँ, ९ कात्तिक । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरुको क्रमिकरुपमा सरसफाइ भइरहेको छ । परिसरका जलेका रुखहरुले पनि पालुवा हाल्न थालेससँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ ।