मुस्ताङमा थामिसक्नु छैन पर्यटकको चाप, खान बस्नलाई होटल नपाउदा धर्मशाला र बसमै बास

मुस्ताङ । यस वर्षको तिहार पर्व भाइटीका सकिएलगत्तै हिमालपारीको जिल्ला मुस्ताङमा अनेपेक्षित बढ्दो पर्यटक आगमन सङ्ख्याले यहाँको पर्यटन व्यवस्थापनमा निकै चुनौतीपूर्ण बन्यो । बर्खायामको भेल जस्तै मुस्ताङमा एकैसाथ पर्यटक ओइरिँदा यहाँका पर्यटन व्यवस्थापन अस्तव्यस्त रह्यो । विगतका वर्षमा पनि दसैँ तिहार र छठ पर्वलगायतमा यहाँ आन्तरिक पर्यटकको आगमन उल्लेख्य रुपमा हुने गथ्र्यो ।