काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी ) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको आज बसेको बैठकले नेपाल प्रहरी जनपद समूह तर्फका पाँच एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।