रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिम, ७ कात्तिक । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । आज साँझ जिल्ला सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गर्दा रा१ज ४२२ नम्बरको जिप दुर्घटना भएको हो ।