काठमाडौंँ । शिक्षकहरूले काठमाडौंकेन्द्रित आन्दोलनले सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ। मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा विधेयक चाँडै पास गर्ने गरी संसद्को अधिवेशन आह्वान गरिएकाले आन्दोलन रोकेर शिक्षकहरूलाई कार्यक्षेत्र फर्कन मंगलबार आह्वान गरेको थियो। सरकारले वैशाख १२ गतेदेखि बस्नेगरी संसद बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।