केही दिन हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । अबका केही दिन देशका धेरै स्थानमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ । अविरल वर्षा र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्नेमा मौसमविद्ले जोड दिएका छन् । हाल पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देशमा परेको छ ।