शेरबहादुर सिंह महेन्द्रनगर, ४ कात्तिक । यदि विपिन जोशी जीवित भएका भए अहिले उनको परिवार मात्र हैन, पूरै देश उनको रिहाइको खुसीयालीमा हुने थियो । उनलाई विमानस्थलदेखि घरसम्म स्वागत गर्नेको लर्को देखिन्थ्यो होला । दुई वर्षदेखि विपिनको सकुशल रिहाइको प्रतीक्षामा बसेका नेपालीले जब एक साताअघि मात्रै उनी जीवित नरहेको खबर प्राप्त गरे ।