क्रिकेटमा नयाँ इतिहास : नेपाल तेस्रो पटक विश्वकपमा

राजु सिलवाल काठमाडौँ, ३० असोज । नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातारको सफलतापछि विश्व क्रिकेट जगतमा अब्बल टिमको रुपमा परिचय दिलाएको छ । मुलुकभित्रको विषम् राजनैतिक परिस्थितिका साथै अन्योलपूर्ण अवस्थामा पनि नेपाली क्रिकेट खेलाडीहरूले निरन्तर विश्वकपमा प्रवेशको सपना देख्नुका साथै यथोचित सङ्घर्ष गर्दै सफलता हात पारेर मुलुकको शीर उँचो बनाइदिएका छन् ।