पाँच वर्षमा पनि बनेन दुधकोशीको चुहार पक्की पुल

भोजपुर, ३० असोज । भोजपुर र उदयपुरलाई जोड्ने दुधकोशी नदीमाथि निर्माणाधीन चुहार पक्की पुल पाँच वर्ष बितिसक्दा पनि अपुरो छ । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७७ निर्माण सुरु गरिएको उक्त पुल हालसम्म पनि रोकिएको छ ।