निर्धारित समयमा निष्पक्ष निर्वाचन गर्नका लागि सरकार बनेको हो : गृहमन्त्री अर्याल

भक्तपुर, ३० असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताउनुभएको छ । आज जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उहाँले सरकारले फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताउनुभयो । गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन सरोकार भएकाहरूलाई सम्वादमा आउन आग्रह गर्नुभयो ।