नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचकमा दोहोरो अंकको गिरावट देखिएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो । यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ ।