‘माग अनुसारको माटोका सामग्री बनाउन सकस पर्छ’

लक्ष्मी गारु भादगाउँ, २९ असोज । भक्तपुरको च्याम्हसिंहकी इन्दिरा प्रजापति पछिल्लो बिहान ४ बजे नै उठ्नुहुन्छ । उहाँ तिहारको लागि आवश्यक माटोका भाँडा बनाउन कुम्हाःया घचा (कुम्हालेको चक्रं)मा बस्नुहुन्छ । तिहार नजिकिएसँगै इन्दिरालाई माटोको पालालगायतका सामाग्री बनाउन भ्याइनभ्याइ छ । त्यसैले उहाँको दैनिक दिनचर्या बिहान ४ बजेदेखि नै सुरु हुन्छ ।