सुशीला ओली दाङ, २९ असोज । राप्ती गाउँपालिका–७ सिसहनिया निवासी रणप्रसाद सुवेदीले व्यावसायिक रुपमा केराखेती गरेको सात वर्ष भयो । उमेरले ५४ वर्ष पुग्नुभएका सुवेदी यस वर्ष भने केरा बिक्रीमा समस्या हुँदा चिन्तित हुनुहुन्छ । सुरुवातमा दुई बिघाबाट केराखेती सुरु गर्नुभएका उहाँले हाल भने ५४ बिघा क्षेत्रफलमा खेती गर्दै आएको बताउनुभयो ।