काठमाडौं । भदौ महिना महंगीदर घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक अनुसार २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष २०८१ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो।