निजी क्षेत्रमा प्रवाहित कर्जा ५५ खर्ब ४६ नाघ्यो, गैर–वित्तीय क्षेत्रतर्फ ६२.८ प्रतिशत प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेर ५५ खर्ब ४६ अर्ब नाघेको छ । केन्द्रीय बैंकको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार निजी क्षेत्रमा प्रवाहित कर्जा ४९ अर्ब २४ करोड (०.९ प्रतिशत) ले बढेर कुल कर्जा ५५ खर्ब ४६ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो ।