पर्वत, २४ असोज । मोदी गाउँपालिका–२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) विगत नौ वर्षदेखि अधुरो छ । आर्थिक वर्ष ०७३/७४ मा पाँच करोड रूपैयाँको लागतमा निर्माण सुरु भएको चिस्यानगृहले पूर्णताः पाउन नसकेको हो । बेमौसमी फलफूल र सागसब्जी ताजा राख्न चिस्यानगृह निर्माण थालिएको थियो । सरकारबाट पर्याप्त बजेट निकासा नहुँदा अलपत्र बनेको हो ।