हेटौँडा, २४ असोज । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेस्थित चार्जिङ स्टेसन अगाडिबाट ३४ लाख रुपैयाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको छ । शुक्रबार बिहान ४ः१० बजे वीरगञ्जबाट हेटौँडातर्फ आउँदै गरेको म प्र ०३–००१ च ९०२३ नम्बरको ‘योद्धा’ गाडीमा सुरक्षा जाँचका क्रममा उक्त सामानहरू फेला पारिएको हो ।