काठमाडौँ, २४ असोज । खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबीच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ । राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो ।