काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम बिना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मान बिना समृद्धि नहुने बताउनुभएको छ । साउन १ गतेदेखि लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउनुभएको हो ।