बाजुरा, २ साउन । बाजुरामा चालु वर्षको धान रोपाइँ कार्य तीव्र गतिमा अगाडि बढेको छ । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लामा असार महिनाको अन्त्यसम्म कुल रोपाइँ योग्य क्षेत्रफलको करिब ८४ प्रतिशत भागमा धान रोपाइँ सम्पन्न भइसकेको छ । धान रोपाइँ जेठ दोस्रो साताबाट सुरु भएको हो ।