‘महानगर पुस्तकालय’ सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका : पठन संस्कृतिका शुभेच्छुकहरुमा उत्साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थापना तथा सञ्चालन गर्न लागेको ‘महानगर पुस्तकालय’लाई समुदायको अपनत्व तथा सबैको पहुँच योग्य बनाउने विषयमा आज साझेदारसँग परामर्श बैठक सम्पन्न भएको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरुले ‘पठन संस्कार’ बढाउन सुविधा सम्पन्न पुस्तकालयको बनाउने महानगरपालिकाको योजनाबाट आफू उत्साहित भएको बताउनुभयो ।
