लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, ७८ लाख बिगो माग
काठमाडौं । पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री रञ्जित श्रेष्ठसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । साथै प्रतिवादीहरूविरुद्ध ७८ लाख बिगो दाबी समेत माग गरिएको छ।
