SHARE
बासुरी खबर · आइबार​ १९ असो २०८२ ०८:४६ AM · 1 मिनेट पढाइ

अरनिको राजमार्ग सञ्चालनमा आयो

काठमाडौं । अरनिको राजमार्गमा सवारी साधन चल्न थालेको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार काभ्रे तथा सिन्धुपाल्चोकमा गएका ससना पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ । अहिले सिन्धुपाल्चोक दोलखा, काभे्रलगायत जिल्लाबाट यो राजमार्ग भएर भित्रने र बाहिरिने गाडीहरु आवतजावत भइरहेका छन् ।