दसैँ मनाउन दुबईबाट आएकि थिइन् सनिता, लाङ्टाङ जाँदा भाई बहिनीसँगै बेपत्ता
भक्तपुर । सूर्यविनायक नगरपालिका–४ हर्षचोकस्थित ओम सृजनशिल समाज बस्ती यतिखेर पीडामा डुबेको छ । लाङ्टाङ घुम्न गएका आफ्ना तीन सन्तान रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्साले बगाएर बेपत्ता भएको थाहा पाएपछि परिवारसहित टोल–बस्ती नै पीडामा डुबेको छ।
