यात्रामा निस्कँदै हुनुहुन्छ ? देशका यी राजमार्ग अवरुद्ध
बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। शनिबार बिहान ६ः४५ बजेसम्मको विवरणअनुसार रसुवा, मनाङ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ। रसुवामा गत भदौ १० गते बिहान १०ः३० बजेदेखि बाढीका कारण मुख्य राजमार्गका सबै सडक पूर्ण रूपमा अवरुद्ध छन्।
