SHARE
कर्पोरेट समाचार · आइबार​ १९ असो २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

भैरहवामा अलपत्र परेका यात्रुलाई नेपाल एयरलायन्सले चार्टर उडानमार्फत राती काठमाडौं ल्याउँदै

लुम्बिनी । नेपाल एयरलायन्सले अविरल वर्षाका कारण भैरहवामा अलपत्र परेका यात्रुलाई आज चार्टर उडानमार्फत काठमाडौं ल्याउने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेका अनुसार नेपाल एयरलायन्सको १५८ सिटे जहाज राति ९ बजे गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट काठमाडौं उड्ने तयारीमा छ । यात्रुहरू हिजोदेखि भैरहवाको गल्लामण्डीस्थित हनुमान मन्दिरमा बसिरहेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार