SHARE
ओएसनेपाल · शनिबार १८ असो २०८२ ०२:१५ PM · 1 मिनेट पढाइ

राज्यका सबै स्रोत नागरिकलाई जोखिमबाट बचाउनका लागि प्रयोग गर्छौंः प्रधानमन्त्री कार्की

काठमाडौँ, १८ असोजः प्रधानमन्त्री सुशीला कार्कीले विपद्को यस समयमा नागरिकलाई जोखिमबाट बचाउन राज्यको सबै स्रोत प्रयोग गरिने बताउनुभएको छ । देशवासीका नाममा आज एक भिडियो सन्देश जारी गर्दै उहाँले असोज १७ गते बेलुकीदेखि निरन्तर देशभर भारी वर्षा भइरहेकाले राज्यका सबै निकाय परिचालन गरिएको र आवश्यक सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनसमेत आग्रह गर्नुभएको हो ।