विद्युत् प्रसारण र ब्याट्री भण्डारणमा २० करोड डलर बढी निजी लगानी भित्र्याउन सम्झौता
काठमाडौं। नेपालको विद्युत् प्रसारण पूर्वाधार विस्तार तथा ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकासमा निजी क्षेत्रको लगानी भित्र्याउन एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणबीच दुईवटा सम्झौता भएको छ। सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा अघि बढाइने यी परियोजनाबाट २० करोड अमेरिकी डलरभन्दा बढी निजी लगानी परिचालन हुने अपेक्षा गरिएको छ।
