दुर्गा प्रसाईं फेरि पक्राउ
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको छ । प्रसाईंलाई पछिल्ला अभिव्यक्ति तथा सामाजिक सञ्जालमार्फत गरिएको गतिविधिसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जनाएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको बताइएको छ।
